आजको सुनको भाउ

न्युजलय ८ भदौ २०८०, शुक्रबार १२:०९ मा प्रकाशित

 काठमाडौँ । शुक्रबार(आज) सुनको भाउ स्थिर रहेको छ भने चाँदी सस्तिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारकै मूल्यमा आज पनि सुनको कारोबार गर्न सकिनेछ । आज शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजावी सुन १ लाख १० हजार ५ सय ५० रुपैयाँ पर्नेछ । 

यता, चाँदी भने प्रतितोला १० रुपैयाँ सस्तिएको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ पर्ने चाँदीलाई आज ४ सय ५० रुपैयाँ पर्नेछ ।