कोसीको बहाव उच्च, श्रीलङ्का टापुमा कटान सुरु

न्युजलय २९ साउन २०८०, सोमबार ०६:२२ मा प्रकाशित

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टापुमा कोसीले तीव्र कटान गर्न थालेको छ । कोसीको बहाव फुटेर पश्चिमतिर लागेपछि कटान तीव्र बनाएको हो ।

यसअघि पूर्वी सीमा भएर बगेको कोसीको सतह बढेसँगै श्रीलङ्का टापु जोखिममा परेको छ । करिब तीन दर्जन घरहरू जोखिममा रहेको बताईको छ । 

सशस्त्रलगायत  उद्धार टोलीलाई खबर गरिएको युचेप नेपालका अध्यक्ष रविन घिमिरेले बताए ।