काठमाडौं । सुनको मूल्य आज २६ सयले घटेको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज २६ सयले घटेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० कायम भएको छ।
सुनको मूल्य घटे पनि चाँदीको भाउ भने सामान्य वृद्धि भएको छ । महासंघका अनुसार ५ रुपैयाँले बढेर प्रतितोला चाँदी ३ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।