संखुवासभामा ट्याक्टरको ठक्करबाट वालकको मृत्यु

न्युजलय ५ पुस २०७८, सोमबार ०३:५८ मा प्रकाशित

 संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–१ मा ट्याक्टरको ठक्करबाट १ जना वालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सभापोखरी गाउँपालिका–२ का फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन ।आइतबार बेलुकी प्रदेश १–०२–००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै गरेका राईलाई ठक्कर दिँदा वालकको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटना गराउने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।