इटहरी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले इटहरीस्थित जनता माविको अनुगमन गरेका छन् । सोक्रममा उनले विद्यालयलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
संघीय सभासद् शुशिला श्रेष्ठ, सिटिइभीटीका निर्देशक टैलेन्द्र आचार्य, शिक्षा मन्त्रालयका उप सचिव बालकृष्ण कोईराला, शिक्षा समन्वय इकाई खगेन्द्र सुवेदीसहित विद्यालय पुगेका मन्त्री राईले शुक्रबार विद्यालयको अनुगमन गरेका थिए । सो क्रममा मन्त्री राईले स्कुलको प्रगती र अवस्थाको बारेमा जानकारी लिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार स्कुलको विकासका लागि सहयोग गर्ने आश्वासन दिए । साथै उनले प्राविधिक धारका कक्षा सञ्चालनका लागि आवश्यक निर्णय गर्नेसमेत प्रतिबद्धता जनाएका छन् ।