देशभर ९१ प्रतिशत धान रोपाइँ सकियो

न्युजलय २७ साउन २०८२, सोमबार ०३:१२ मा प्रकाशित

 काठमाण्डौ । हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सकिएको हो ।

यो गएको वर्षको साउन २५ गतेकै तुलनामा ७ दशमलव १९ प्रतिशतले कमी हो । गएको वर्ष साउन २५ गतेसम्ममा ९८ दशमलव १९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा ७६ दशमलव ५४ प्रतिशतमात्रै रोपाइँ भएको छ । म

यसपालि धानको भण्डार मानिने मधेशमै रोपाइँ कम भएको छ ।