इरानले यूएईमा गरेको आक्रमणमा एक नेपालीसहित तीनजनाको मृत्यु

न्युजलय १८ फाल्गुण २०८२, सोमबार १२:३१ मा प्रकाशित

काठमाडौं । इरानले यूएईमा गरेको आक्रमणका क्रममा एक नेपालीसहित तीनजनाको मृत्यु भएको छ ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले तीनमध्ये एकजना नेपाली रहेको पुष्टि गर्दै नाम भने प्राप्त भइनसकेको बताए ।

उक्त घटनामा नेपालीबाहेक एक पाकिस्तानी र एक बंगलादेशी नागरिकको पनि मृत्यु भएको गल्फ न्युजले जनाएको छ । मृत्यु हुनेहरूको परिचय भने सार्वजनिक गरिएको छैन ।

घटनामा ५८ जना घाइते भएको समाचारमा उल्लेख छ । उनीहरू सामान्य घाइते भएको जनाइएको छ ।