सप्तरीमा पाँच लाख घुससहित दुई जना पक्राउ

न्युजलय ३१ साउन २०८०, बुधबार ११:५९ मा प्रकाशित

काठमाडौं । पाँच लाख घुससहित सप्तरीमा दुई जना पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाखको चेकसहित पक्राउ गरेको हो। 

इटहरीबाट खटिएको अख्तियारको टोलीले राजविराज नगरपालिका–३ बाट बुधबार दुई जनालाई पक्राउ गरेको बताइएको छ ।

सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।