सुनखानी भत्किँदा कम्तीमा ३८ मजदुरको मृत्यु

न्युजलय १४ पुस २०७८, बुधबार ०२:५४ मा प्रकाशित

काठमाण्डौ । सुडानको एक सुनखानी भत्किँदा कम्तीमा ३८ मजदुरको मृत्यु भएको छ। 

सुडानको पश्चिमी क्षेत्र कोर्दोफान प्रान्तमा सञ्चालित निष्क्रिय खानी भत्किँदा कम्तीमा ३८ मजदुरको मृत्यु भएको हो।

फुजा गाउँमा बन्द गरिएको दर्साया सुनखानी भत्किँदा त्यहाँ लुकीछिपि काम गरिरहेका कम्तीमा ३८ मजदुरको  मृत्यु भएको सुडानी मिनरल रिसोर्सेस कम्पनीद्धारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ। सो सुनखानी भत्किँदा अन्य ८ जना घाइते भएको समेत बताइएको छ।

खानी हाल कार्यात्मक नभएपनि स्थानीयहरु काममा फर्किएको र सोहि क्रममा खानी भत्केको कम्पनीले जनाएको छ।