सुनको मूल्य बढ्यो

न्युजलय ११ पुस २०८१, बिहिबार १२:२२ मा प्रकाशित

काठमाडौं ।  आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।