घट्यो सुनको भाउ

न्युजलय २० मङ्सिर २०८०, बुधबार ११:११ मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ (आज) बुधवार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८ सयले घटेर आज १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ हिजो मङ्गलवार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।