अफगानिस्तानको भूकम्पमा मृत्यु हुनेको संख्या १४ सय पुग्यो

न्युजलय १९ भदौ २०८२, बिहिबार १२:३५ मा प्रकाशित

काठमाडौँ । पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्ला केन्द्रबिन्दु भएर आइतबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनको संख्या एक हजार चार सय पुगेको छ ।

६ रेक्टर स्केलको उक्त भूकम्पका कारण हालसम्म तीन हजार पाँच सयभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

भूकम्पले करिब पाँच हजार घर ध्वस्त बनाउँदै हजारौँलाई घरबारविहीन बनाएको छ, जसलाई पछिल्लो इतिहासकै सबैभन्दा प्राणघातक प्राकृतिका विपत्तिमध्ये एक मानिएको छ ।

केन्द्रबिन्दुबाट करिब ६० किलोमिटर टाढा रहेको नंगरहार सैनिक विमानस्थलका हेलिकप्टर र एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल पुर्‍याइएको छ ।