कलाकार जयनन्द लामाको निधन

न्युजलय ११ फाल्गुण २०७८, बुधबार ०२:२४ मा प्रकाशित

काठमाडौँ । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।


मंगलबार राति आफ्नै घरमा लामाको निधन भएको कलाकारहरुले बताएका छन् । गाडीबाट ‌ओर्लेने क्रममा लडेर उनको निधन भएको बताइएको छ ।


उनी पहिल्यैदेखि मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए । नेपाल लोक स्टारका निर्णायक समेत रहेका लामा लोक तथा दोहोरी गीतका प्रख्यात सर्जकका रुपमा परिचित छन् । 


उनको निधनले नेपाली सांगितिक क्षेत्रका कलाकार स्तब्ध छन् ।