अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीले गरे इन्गेजमेन्ट

न्युजलय २४ फाल्गुण २०७९, बुधबार ०७:५७ मा प्रकाशित

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले इन्गेजमेन्ट गरेका छन् ।

बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ ।  आशिर्वाद दिनुहोला ।’