बसको ठक्करले बराहक्षेत्रका यादवको मृत्यु

न्युजलय ८ पुस २०७८, बिहिबार ०१:४१ मा प्रकाशित

झापा । झापाको कमल गाउँपालिका–५ मा बस र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार साँझ भएको दुर्घटनामा मृत्यु हुने सुनसरी बराहक्षेत्र नगरपालिका–१० का २२ वर्षीय अभिषेक यादव हुन् ।

ठक्करबाट सख्त घाइते यादवको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सिटमा सवार अर्का घाइते २५ वर्षीय रामकुमार खड्काको भने उपचार भइरहेको छ ।

ठक्कर दिने बस र चालक झापाको दमक नगरपालिका–२ का सोमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय, दमकले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।