घट्यो सुनको मूल्य

न्युजलय ११ बैशाख २०८१, मङ्गलबार १२:४९ मा प्रकाशित

काठमाडौं । मंगलबार(आज) सुनको मूल्यमा आज गिरावट भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा दुई हजार सात सय रुपैयाँले ओरालो लागेको हो। सोमबार तोलामा एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३५ हजार पाँच सयमा कारोबार हुनेछ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि एक लाख ३४ हजार आठ सय ५० रुपैयाँमा कारोबार हुनेछ।

महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ ले गिरावट भएको छ। सोमबार प्रतितोला एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ।