लुम्बिनी प्रदेशमा रोजगारीको अवसर

न्युजलय २८ असोज २०७९, शुक्रबार ०७:५० मा प्रकाशित

काठमाडौं । लुम्बिनी प्रदेश सरकार र स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको छ । खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 


आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । विभिन्न सेवातर्फ कर्मचारी माग गरिएको प्रदेश सरकारले जनाएको छ । 


कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।