हर्कलाई निर्वाचन अधिकृतको कार्यालयले सोधपुछका लागि बोलायो

न्युजलय १४ माघ २०८२, मङ्गलबार ०२:१८ मा प्रकाशित

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयले छलफलका लागि बोलाएको छ ।

सुनसरी क्षेत्र नम्बर एक निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा बालबालिकाको प्रयोगको विषयमा उजुरी परेपछि छलफलका लागि बोलाइएको जनाएको छ । 

केही दिन अघि श्रम संस्कृति पार्टीले निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा उजुरी परेको थियो ।