काठमाडौं । निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट नियन्त्रणमा लिएको हो। उनी गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन् ।
भुसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएकापछि उनी प्रहरीको निगरानीमा थिए । यसअघि माइतिघरमा प्रदर्शनका क्रममा पक्राउ परेका उनले गाँजा सेवन गरेको पाइएपछि रिह्याब पठाउने गरि छुटेका थिए ।