काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदी पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो।