घट्यो सुनचाँदीको भाउ

न्युजलय २७ फाल्गुण २०८१, मङ्गलबार ११:१२ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य मंगलबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो । आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य घटिरहँदा  चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ ।