काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन सय रूपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ।
बुधबार चाँदी प्रतितोला २२ सय ६० रूपैयाँमा कारोबार भइरहेकोमा बिहीबार २२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।