काठमाडौँ । बिहिबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजोको तुलनामा सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९०० रुपैयाँ कायम छ ।
यस्तै, आज ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ कायम छ ।