झापा । झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा २२ जना घाईते भएका छन् । आइतबार (आज) दउँसो पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा उपचारको क्रममा कन्काई नगरपालिका–७ का १६ बर्षिय उत्सब पौडेलको मृत्यु भएको हो ।
अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि एण्ड सि अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।