काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोलामा ६ सयले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोवार भइरहेको जनाएको छ ।