काठमाडौं । काठमाडौं र झापामा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।
झापामा २५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गौरादह नगरपालिका–६, बीरबलचोक बस्ने ५१ वर्षीय देवकुमार ताजपुरीयालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ताजपुरीयाले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोहबराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, काठमाडौंमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा स्वयम्भू बस्ने ३७ वर्षीय कर्मा घलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घलेले ती किशोरीलाई काठमाडौं बौद्ध तिनचुलीस्थित होटलमा बलात्कार गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।