इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था इटहरीले सुन्दरहरैंचामा निःशुल्क आखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
सुन्दरहरैंचा–५, बाँसबारीस्थित संस्थाको बुढीगंगा सकारात्मक सेवाकेन्द्रको प्रांगणमा नेपाल नेत्र ज्योति संघ इटहरी आखा अस्पतालको प्राविधिक सहयोगमा संस्थाले शिविर कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाकी अध्यक्ष अमृता सुब्बाज्यूको अध्यक्षता तथा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको शिविरमा करिव ४०० जना आखाका बिरामीले निशुल्क आखा जाच गराएका थिए ।
सो कार्यक्रममा २५ जनाको निशुल्क मोतिया बिन्दुको अपरेशन समेत भएको थियो । संस्थाले आखाको बिरामीहरुको लागि आवश्यक चस्माको निशुल्क प्रवन्ध गरेकोमा १७० जनाले निशुल्क चस्माको सुविधा पनि पाएका थिए ।
सुन्दरहरैचा नगरपालिकाका मेयर शिव ढकाल सहकारीको सदस्य समेत बनेका छन् ।