किरात मुन्दुम अध्ययन केन्द्र, सुनसरी र मोरङको छुट्टाछुट्टै समिती गठन

न्युजलय २४ भदौ २०८०, आइतबार ०२:१२ मा प्रकाशित

इटहरी । किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी, मोरङको दोस्रो अधिवेशन सम्पन्न भएको छ । 

शनिबार मोरङको बेलबारी स्थित आदिवासी जनजाति महासंघ भवनमा सम्पन्न अधिवेशनबाट मोरङ र सुनसरीले छुट्टाछुट्टै समिती गठन गरेको हो । 

किरात राई यायोक्खा उपाध्यक्ष तिलक याम्फू राईको प्रमुख आतिथ्यतामा किराँती मुन्दुम संस्कार अनुसार तीन चुलामा आगो बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । 

किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी मोरङका अध्यक्ष वसन्त राईको अध्यक्षता सम्पन्न अधिवेशन तथा साधारणसभा कार्यक्रममा किरात राई यायोक्खा (किराया) मोरङ जिल्ला अध्यक्ष केदार चाम्लिङ राई, किरात राई सुम्निमा संघ केन्द्रिय उपाध्यक्ष सीता राई, किरात मुन्दुम अध्ययन केन्द्र झापा अध्यक्ष रमेश राई, सुम्निमा संघ सुनसरी जिल्ला अध्यक्ष सबिता राई लगायत किरात राई यायोक्खाका विभिन्न भातृ संस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

यस अघि किरात मुन्दुम अध्ययन केन्द्र सुनसरी मोरङ जिल्ला समन्वय समिती एकै रहेको भएपनी उक्त अधिवेशनबाट सुनसरी र मोरङ जिल्ला समिती छुट्टाछुट्टै बनेको छ । 

किरात मुन्दुम अध्ययन केन्द्र, सुनसरी जिल्ला समन्वय समितिको अध्यक्षमा वसन्त राई, उपाध्यक्षमा विष्णु कुमार राई, सचीवमा बन्दना राई, सह–सचीवमा सुजता राई, कोषाध्यक्षमा भिम बहादुर राई, सह–कोषाध्यक्षमा कल्पना राई र सदस्यहरुमा चन्द्रकला राई, इन्द्रजित राई, सरिता राई निर्वाचित भएका छन् ।

यस्तै किरात मुन्दुम अध्ययन केन्द्र, मोरङ जिल्ला समन्वय समितिको अध्यक्षमा चित्र बहादुर राई, सचीवमा मुगाधन राई, सह–सचीव शसि राई, कोषाध्यक्षमा सीता आठपहरीया राई, सह–कोषाध्यक्षमा ज्ञान बहादुर राई र सदस्यहरुमा मान बहादुर राई, उत्तर कुमार राई, मैयादेवी राई, इन्द्र कुमारी राई, उदय कुमार थुलुङ राई निर्वाचित भएका छन् ।