फिल्म ‘डेसान’ को ‘आई लभ यू’ गीत सार्वजनिक (भिडियोसहित)

न्युजलय १८ मङ्सिर २०७९, आइतबार १२:३६ मा प्रकाशित

काठमाण्डौ । नम्रता सापकोटा अभिनीत फिल्म ‘डेसान’ को रोमान्टिक गीत सार्वजनिक भएको छ।

पर्फमिङ आर्ट क्रिएसनको युट्युब च्यानलबाट फिल्ममा समावेश ‘आई लभ यू’ बोलको गीत सार्वजनिक गरिएको हो। प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतमा फिल्मका अभिनेता निशान चौहान र अभिनेत्री पुनम थापा फिचर्ड छन्।

राजु थापाको शब्द रहेको गीतमा हरि लम्सालको संगीत तथा संगीत संयोजन रहेको छ। यो गीतको भिडियोलाई अजय स्याङ्तानले कोरियोग्राफी गरेका हुन्।

कमल एक्चै मगर निर्देशित फिल्ममा निशान र पुनमसँगै नम्रता सापकोटा, भोला सापकोटा, कविता आले, शम्भु थापा, क्षितिज सुवेदी, अरुश जंग सरु, मलाइका बस्नेत, प्रमिशा सरु, कमला रानालगायत कलाकारको अभिनय छ। पुनम र निशानको यो डेब्यू फिल्म हो।

यो फिल्म मंसिर २३ गतेबाट प्रदर्शन हुनेछ।