काठमाण्डौ । १७ वर्षिया नेपाली किशोरी प्रजिता बास्तोलाले गायन रियालिटी सो द भ्वाइसको अमेरिकी संस्करणमा प्रस्तुति दिएकी छन् ।
नेपाली समयानुसार आज बिहान भएको सोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै चारै जना जजको मन जितेकी थिइन् ।
चर्चित अङ्ग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारै जना जजलाई मन्त्रमुग्ध पारिन् । चारै जना निर्णायकले उनको गायकीको प्रशंसा गरे । साथै, सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको पनि बताए ।
प्रजिताले चारै जना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् । आफू द भ्वाइसमा भाग लिने पहिलो नेपाली प्रतिस्पर्धीको रूपमा चिनाएकी उनले आफूले नेपाली सङ्गीत सुन्ने तर मन पर्ने जनरा चाहिँ आरएण्डबी भएको बताइन् ।