२०७८ साल कार्तिक ७ गते अाईतबार

परेश रावल विनाको ओ माइ गड २

न्युजलय १९ असोज २०७८, मङ्गलबार ११:२१ मा प्रकाशित

एजेन्सी । सन् २०१२ मा रिलिज भएको ‘ओ माइ गड’ मा अभिनेता परेश रावलको मुख्य भूमिका निकै रुचाइएको थियो । तर झन्डै एक दशकपछि बन्न लागेको यो फिल्मको सिक्वलमा परेश रावल देखिएका छ्रैनन् । उनको ठाउँमा पंकज त्रिपाठीले अभिनय गर्ने खबर बाहिर आएको छ । पारिश्रमिकमा कुरा नमिलेपछि रावल नदेखिएको बताइएको छ ।

रावलले आफ्नो बजारमूल्यभन्दा बढी माग गरेपछि उनलाई नलिइएको निर्माण पक्षले जनाएको छ ।

परेशले सेयर साझेदारका रुपमा प्रस्ताव गरेका थिए । तर त्यो पनि नस्वीकारीएपछि पंकज त्रिपाठीसँग सम्झौता भएको थियो।

पुरानो फिल्म ‘ओ माइ गड’ अन्धविश्वास र धार्मिक कट्टरतामा आधारित थियो। सिक्वल भारतीय शिक्षा प्रणालीका मुद्दामा आधारित हुनेछ। फिल्ममा भगवान कृष्णको भूमिका अक्षयले खेल्ने छन्।