बढ्यो सुनचाँदीको भाउ

न्युजलय १८ पुस २०८२, शुक्रबार १२:५० मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । 

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ । यता, चाँदी तोलामा ११० रुपैयाँले बढेर ४ हजार ५२५ कायम भएको महासङ्घले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँ र चाँदी ४ हजार ४१४ रुपैयाँमा कारोबार भएको थियो ।