काठमाडौं । सभामुख डिपी अर्यालले प्रतिनिधिसभा बैठकमा सांसदहरूले अबदेखि कालो चस्मा लगाउन नपाउने बताएका छन् ।
कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले संसद्को मर्यादा र गरिमा कायम गर्न यस्तो व्यवस्था आवश्यक भएको उल्लेख गरे ।
कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि नियम लागू गर्न माग गरेकी छन् ।
रास्वपा सचेतक प्रकाशचन्द्र परियारले विषय संसदलाई मर्यादित बनाउने प्रयाससँग सम्बन्धित भएको बताए ।