घट्यो सुनको मूल्य

न्युजलय १० बैशाख २०८२, बुधबार १२:०३ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।  सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।  मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।