काठमाडौं । आज सुन प्रतितोला ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य नै घटेर कारोबार भएको हो ।
आज सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ५० रुपैयाँ घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।