इटहरी । झुम्का उद्योग वाणिज्य संघको अध्यक्षमा नविन चौधरी विजयी भएका छन् ।
निकटतम प्रतिद्धन्द्धी भोला रौनियारलाई २४३ मतले पछि पार्दै नविन चौधरी अध्यक्षमा विजयी भएका हुन् ।
चौधरीले ५१९ मत पाउदा रौनियारले २७६ मत पाए । यता सोमबारमात्रै निर्वाचन बहिस्कारको घोषणा गरेका दुर्गा प्रसाद फुयाल, भरत कार्की र सन्दिप गौतमको समेत क्रमश ४३,११ र २० मत पाएका छन् ।
सोमबार भएको निर्वाचनमा ३ अध्यक्ष सहित २ प्यानलले निर्वाचन बहिस्कार गरेकोमा २ प्यानलका उम्मेद्वारबिच प्रतिस्पर्धा भएको थियो ।
मंगलबारराती सम्पन्न मत गणनाको परिणाम अनुसार प्रथम उपाध्यक्षमा नविन चौधरी प्यानकै डिल्ली गुरागाई विजयी बनेका छन् भने दितिय उपाध्यक्षमा सुरेश चौधरी, महासचिवमा प्रकाश बन्धु बस्नेत, कोषाध्यक्षमा सुनिल कुमार चौधरी, वाणिज्य सचिवमा लोकनाथ गेलाल, उद्योग सचिवमा सिर्जना भट्टराई ,प्रचार प्रसार सचिवमा हरि कुमार कार्की बिजयी भएका छन् ।
यस्तै सदस्यहरुमा रोशन घिमिरे, जीवन थापा मगर, नोवेल चौधरी, लेखनाथ खतिवडा, शंकर साह डमरु, सम्भु् साह र अध्युत चौलागाई विजयी बनेका छन् ।