विराटनगरबाट ९ जना जुवाडे पक्राउ

न्युजलय १५ चैत २०८२, आइतबार १२:३९ मा प्रकाशित

काठमाडौँ । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–२ स्थित एक निजी आवासमा सञ्चालन भइरहेको जुवाको गतिविधिमा संलग्न रहेको आरोपमा नौ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले शनिबार उक्त स्थानमा छापा मार्दा बंशी राठीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार सो स्थानबाट नगद ९२ हजार ६ सय ४५ रुपैयाँ तथा पाँच गड्डी तास बरामद गरिएको छ।