झापाबाट ब्राउन सुगरसहित एक युवती पक्राउ

न्युजलय ३० चैत २०७९, बिहिबार ११:०९ मा प्रकाशित

काठमाडौँ । प्रहरीले झापाको मेचीनगर नगरपालिका–१३ स्थित धाईजन चोकबाट ब्राउन सुगर सहित एक युवतीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा २० वर्षीया अनुजा राजबंशी छिन् । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले ९ ग्राम खैरो हेरोइन बरामद गरेको झापा प्रहरीले जनाएको छ ।

आरोपीबारे ईलाका प्रहरी कार्यालय धुलाबारीले अनुसन्धान गरिरहेको छ ।

अनुजाकी आमा ५ महिनाअघि झापा कारागारमा थिइन् । लागुऔषध मुद्दामा कारागारमा थुनामा रहेकी आमालाई भेट्न जाँदा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले अनुजाबारे निगरानी बढाएको थियो ।