इटहरीको यातायात कार्यालय बाहिरबाट २२ जना लेखापढी व्यवशायीहरु पक्राउ

न्युजलय ३ जेठ २०८०, बुधबार ०७:४१ मा प्रकाशित

इटहरी । इटहरीस्थित यातायात व्यवस्था विभाग आँपगाछी बाहिरबाट २२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक जना कार्यालयका कर्मचारी निराजन कार्कीसमेत रहेको इटहरी प्रहरीले जानकारी दिएको छ ।


इटहरी प्रहरीका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले लेखापढीमा सटर खोलेर बसेकाहरूले गाडीहरूको फायल गायब पारिदिने, लुकाइदिने र सेवाग्राहीहरूसँग पैसा मागेको गुनासोपछि छापा मारेको जानकारी दिए । 


व्यवशायीहरुले सरकारी सहि छाप समेत किर्ते बनाउने गरेको सुचना आएको प्रहरीले जानकारी दिएको छ ।