धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

न्युजलय ६ माघ २०८२, सोमबार ०७:०४ मा प्रकाशित

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजीनामा दिएका छन् ।

उनले आइतवार साँझ धरान उपमहानगर कार्यालयमा उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीबाट सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिने निश्चित भएसँगै साम्पाङले राजीनामा बुझाएका हुन् ।

उनले राजीनामा दिएसँगै उपमेयर बेघाले स्वीकृत गरेका छन् ।