इटहरीमा चिनो ब्रान्डको पहिलो वेरहाउस सेल हुँदै, उत्पादन मुल्यमा कपडा किन्न पाइने

न्युजलय १० भदौ २०८२, मङ्गलबार ०८:५५ मा प्रकाशित

इटहरी । इटहरीमा चिनो ब्रान्डले पहिलोपटक वेयरहाउस सेल आयोजना गर्ने भएको छ। फ्याक्ट्रीमा उत्पादन भएका कपडाहरू उत्पादन गरेकै मूल्यमा उपलब्ध गराउने गरी यो सेल लगाउन लागिएको कम्पनीका संस्थापक नवराज बजगाईंले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।


भदौ १३ देखि १५ गतेसम्म चल्ने वेयरहाउस सेल कपडा उद्योगको इतिहासमै यो पहिलो वेरहाउस सेल भएको उनले जानकारी दिए । सेलले ब्रान्डको प्रचार मात्र होइन, नेपाली उत्पादनलाई सुपथ मूल्यमा उपलब्ध गराउने संस्कारको सुरुवात गर्ने उनले विश्वास व्यक्त गरे । 



मा चिनोले उत्पादन गरेका एक हजार चार सय प्रकारका करिब ८ हजार कपडाका सामग्री राखिनेछन्। कम्पनीले युवापुस्तालाई लक्षित गर्दै नयाँ–नयाँ डिजाइनका कपडाहरू बजारमा ल्याएको र स्थापनाको दुई वर्षमै लोकप्रिय भएको उनले बताए । ‘गुणस्तरका साथै मूल्य पनि कम छ, जसले गर्दा बजारमा चिनो प्रयोगकर्ताहरु बढ्दै गएका छन्,’ उनले भने, ‘आगामी दिनमा भेराइटीसमेत विस्तार गर्ने योजना छ ।’


यस्तै आगामी पाँच वर्षभित्र ५ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने, आगामी ६ महिनामा पूर्वका ६ स्थानमा नयाँ आउटलेट खोल्ने र आइपिओ समेत जारी गर्ने तयारी रहेको जानकारी दिए।


हाल चिनो ब्रान्डका १२ वटा आउटलेट र ६४ वटा एसोसिएट आउटलेट सञ्चालनमा रहेका छन्। उनले चिनोका उत्पादनहरू चिनियाँ सस्तो उत्पादनभन्दा पनि सस्तो मूल्यमा उपलब्ध हुने भएकाले चाँडै नै विदेशी गार्मेन्टलाई विस्थापित गर्ने दाबी गरे।