धरानका व्यवशायी दम्पत्ती भन्छन्, ‘हामी भागेका छैनौं, कानुन मान्छौं तर मेयर मान्दैनौं’ (भिडियो)

न्युजलय ८ भदौ २०८०, शुक्रबार ०४:३४ मा प्रकाशित

धरान । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिका जग्गामा प्रवेश नगर्न फेरी आदेश दिएको छ । साथै व्यवशायीहरु रोशन अधिकारी र रोजिना अधिकारीलाई तत्काल पक्राउ नगर्नसमेत आदेश दिएको छ ।

आफ्नो निजी जग्गामा वृक्षारोपण गर्न गएपछि धरानका व्यवशायी अधिकारी दम्पत्तीले अदालत गुहारेका थिए । अदालतले मेयर साम्पाङको विरुद्ध दोस्रो पटक आदेश दिएको हो । 

यस्तै यता मेयरले पक्राउ गराउन खोजेपछि अधिकारी दम्पत्ती भागेको हल्ला चलाइएको थियो । तर आफूहरु नभागेको, कानुनसँग न्याय खोज्न गएको उनीहरुले बताएका छन् ।

इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उनीहरुले भनेका छन्,  ‘हामी भूमाफिया होइनौं । हामीले सट्टाभर्ना पाएको पनि होइन । बेच्नेले बेच्यो, हामीले किन्यौं र अहिलेसम्म कर तिरेर बसिरहेका छौं । सरकारले कर लिइरहेको छ । भोलि सर्दु क्षेत्रमा बस्ने सबैलाई छाड भनेर सरकारले भन्यो भने छाड्छौं । तर मेयर हर्क साम्पाङलाई मान्दैनौं । नेपालमै दोस्रो प्याराग्लाइडिङ कम्पनि धरानमा हामीले सुरु गरेका हौं । व्यवशायीलाई निरुत्साहित पार्ने गरी हाम्रो सम्पत्तीमा विरुवा रोपियो । यस्तो अन्याय कदापी मान्दैनौं । हामीमाथि मानसिक यातना दिने काम भइरहेको छ । कानुनभन्दा ठूलो कोही छैन भने मेयरले पनि कानुन मान्नुपर्छ ।’ 

आफ्नो निजी जग्गामा मेयरले दलबल लगेर वृक्षरोपण गरे, फेरी उल्टो दुव्र्यवहारको आरोप लगाएर थुनाउन खोजे । किन त्यसो गरे भन्ने कुरा अधिकारी दम्पत्तीले अहिलेसम्म थाहा पाएका छैनन् ।

भिडियो :-