बढ्यो सुनको मूल्य

न्युजलय २७ पुस २०८२, आइतबार ११:३८ मा प्रकाशित

काठमाडौं । आइतवार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो । आज छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेर ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ ।