इटहरी । इटहरीको वडा नं. १७ स्थित बालग्राम चोकमा तीन वटा मोटरसाइकल र एउटा कार आपसमा ठक्कर खाएका छन् । सो क्रममा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् ।
बा १७ च १९०५ नम्बरको कार र अन्य मोटरसाइकल ठोक्किएका हुन् । कारको दायाँतर्फको भाग क्षतीग्रस्त भएको छ ।
विस्तृत जानकारी आउन बाँकी छ ।