सुनको मूल्य स्थिर

न्युजलय १० माघ २०८०, बुधबार १२:१८ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।