काठमाडौं । सोमबार(आज) सुनको भाउ बढेको छ ।
आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । आज छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आज तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।