बढ्यो सुनको मुल्य

न्युजलय ६ भदौ २०८०, बुधबार ११:४२ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा करोबार भएको छापावाला सुनको मूल्य आज १ सय रुपैयाँले बढेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।