काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ।
बिहीबार प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८९ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँ कायम भएको छ।