गाईघाटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

न्युजलय २६ चैत २०७९, आइतबार ०९:३७ मा प्रकाशित

उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय मोटरसाइकल चालक तारणी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रक चालक, ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।