साई हस्पिटल झुम्काले गर्यो सफल शल्यक्रिया

न्युजलय ६ बैशाख २०८०, बुधबार ११:४२ मा प्रकाशित

रामधुनी । सुनसरीको रामधुनी–१ स्थित साई हस्पिटल प्रा.लि.ले एक जना विरामीको सफल शल्यक्रिया गरेको छ ।

इनरुवा नगरपालिका–६ मधेसा का ५२ बर्षीय मेघ बहादसुर कार्कीको दहिने हातको शल्यक्रिया गरेर शल्यक्रिया सेवाको सुरुवात गरेको हो ।

मंगलबार हाडजोर्नी विषेशज्ञ डा.रोविन श्रेष्ठ को नेतृत्वमा  डा. धिरज सिंह र डा. राजन राईको समुहले कार्कीको कुमको सफल शल्यक्रिया गरेको हो। 

शल्यक्रियामा प्रदिप चौलागाई, रोहिणी भट्टराई र रिमा चौधरी को समुह ले सहयोगीको भुमिका निभाएको हस्पिटलले जनाएको छ । गत चैत्र २४ गते उद्घाटन गरेर सेवा प्रदान गर्दै आएको साई हस्पिटलले पहिलो पटक कार्कीको सफल शल्यक्रिया गरेको जनाएको छ ।

धरान विराटनगर तथा अन्यन्त्र जानुपर्ने विरामीको समस्यालाई मध्यनजर गर्दै सेवा विस्तार गरेको अस्पतालले अव शल्यक्रिया गर्ने विरामी झुम्का बाहिर जान नपर्ने जनाएको छ ।

विरामीहरुलाई सरल र सहज रुपमा सेवा प्रदान गर्दै आएको हस्पिटलले सेवा बिस्तार कै निरन्तर्ताका रुपमा हाल विरामीहरुलाई हेल्थ कार्ड बितरणको वैशाख १ गते शुरुवात गरेको छ। 

यो आर्थिक वर्ष मा ५ हजार जनालाइ हेल्थ कार्ड बितरण गरिने छ । जुन कार्ड प्राप्त गरेका विरामीहरुले अस्पतालबाट प्रदान गर्ने विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्ने अस्पतालका सुचना अधिकारी डिल्लीराम भण्डारीले जानकारी दिए ।